alliance khabar

आइतबार, साउन ०४, २०८२

काठमाडौं, साउन ४ गते ।

नेपाल प्रेस युनियनको १० औं केन्द्रीय महाधिवेशन आगामी  जेठमा हुने भएको छ ।

युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले प्रेस युनियनको विधान समयानुकूल संंशोधन गर्न २०८२ मंसिरमा विधान सभा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

बैठकपछि अध्यक्ष लम्सालले विधान संशोधनका लागि वरिष्ठ उपाध्यक्ष प्रेम के.सी. संयोजकत्वमा उपाध्यक्षहरु सलोजा दाहाल, जीवन भण्डारी, डा.मुरारी अधिकारी, अनिल कुमार कर्ण, उपमहासचिव युवराज गौतम रहेको उपसमिति गठन गर्ने  निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी, बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ । कोषलाई व्यवस्थित गर्न र रकम सङ्कलन गर्नका लागि कोषाध्यक्ष माधव धितालको संयोजकत्वमा केन्द्रीय सदस्य मित्र भण्डारी, कपिल कोइराला, नारायणी रजौरे, तेजना पण्डित र आठै प्रदेशका अध्यक्षहरु सदस्य रहेको समिति गठन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष लम्सालका अनुसार, युनियनका साङ्गठनिक गतिविधि वृद्धि गर्दै सङ्गठनलाई थप गतिशील, चलायमान बनाउन केन्द्रीय विभाग, प्रदेश समिति र जिल्ला शाखाहरूलाई परिचालन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा साङ्गठनिक गतिविधि प्रदेश तथा जिल्ला शाखाको अधिवेशन तथा साधारण सभा, नेपाल पत्रकार महासंघको निर्वाचनका साथै लोमन्थाङ अन्तर्र्राष्ट्रिय मिडिया समिटलगायतका विषयमा समीक्षा भयो ।

यसैगरी, युनियनले सञ्चार क्षेत्रमा सिर्जनात्मक क्रियाकलाप, सीप तथा क्षमता अभिवृद्धि, सञ्चार माध्यमका समस्या समाधानमा बहस, पैरवी, आन्दोलनलगायत कार्यक्रमबारे समीक्षासमेत गरेको छ ।

युनियनको तीन वर्षे अवधिमा  पूरा भएको र  विधानको व्यवस्था अनुसार विधान सभालगायतका केही महत्वपूर्ण कार्य बाँकी रहेकाले एक वर्षे कार्य अवधि थप गर्ने निर्णय गरिएको जानकारी पनि दिइएको छ ।

अध्यक्ष लम्सालका अनुसार, बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियुक्ति पत्र दिएर र लिएर मात्र काम गर्ने सुनिश्चितता, नियमित पारिश्रमिकको भुक्तानी सुनिश्चितता, पेशागत आर्थिक, सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरेको छ ।

बैठकपछि युनियनका महासचिव दिलिप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा   प्रेस युनियनको तीन वर्षे कार्यकालको समीक्षा गरी श्रमजीवी पत्रकारको हक, हित, पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चार सम्बन्धी ऐन, कानुन निर्माणलगायतका विषयमा छलफल भएको उल्लेख छ ।

बैठकले विधानबमोजिम यही साउन १५ गतेदेखि कात्तिक २१ गतेसम्म सदस्यता नवीकरण तथा वितरणका गरी सोही अवधिमा  पत्रकारसँग युनियन अभियान चलाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल