alliance khabar

बुधबार, आषाढ ३२, २०८२

काठमाडौँ, असार ३२ गते ।

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सरकारले नेपाल शिक्षक महासंघसँग गरेका सहमतिलाई अक्षरशः कार्यान्वयन गर्दै यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्नुभएको छ। उहाँले ऐनको अभावमा समग्र शैक्षिक क्षेत्र नै अनिर्णयको बन्दी बनेको र यसले लाखौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको बताउनुभयो।

सामुदायिक विद्यालय कर्मचारी संघले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रव्यापी शैक्षिक साङ्गीतिक यात्रा २०८२’ को शुभारम्भ समारोहलाई सम्बोधन गर्दै महरले उक्त माग राख्नुभएको हो। उहाँले भन्नुभयो, “सरकारले शिक्षक महासंघसँग सम्झौताको मसी सुक्न नपाउँदै त्यसबाट पछि हट्न खोज्नु दुर्भाग्यपूर्ण र शैक्षिक क्षेत्रप्रतिको गैरजिम्मेवारपन हो।’’

उहाँले विद्यालय कर्मचारीहरूको योगदानको प्रशंसा गर्दै उनीहरूको पेसागत सुरक्षा र सम्मानका लागि पार्टीले सधैँ आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नेपाल सामुदायिक विद्यालय कर्मचारी संघले आयोजना गरेको यो राष्ट्रव्यापी अभियानले एकातिर संगीत र कलाको माध्यमबाट विद्यार्थीलाई लागुऔषध दुर्व्यसनविरुद्ध सचेत गराउने र अर्कोतिर नीतिगत तहमा शैक्षिक सुधारका लागि दबाब सिर्जना गर्ने दोहोरो उद्देश्य बोकेको छ।

संघका अध्यक्षले विद्यालय कर्मचारीलाई शिक्षा ऐनले लामो समयदेखि बेवास्ता गरेको गुनासो गर्दै प्रस्तावित ऐनमा आफ्ना मागहरू सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, “हामी विद्यालयका मेरुदण्ड हौँ, तर हामीलाई नै ऐनले नचिन्दा हाम्रो भविष्य अन्धकार भएको छ। शिक्षक र कर्मचारीका माग सम्बोधन नभएसम्म गुणस्तरीय शिक्षा केवल नारामा सीमित हुन्छ।”

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाविद्, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल