alliance khabar

बुधबार, आषाढ ३२, २०८२

सुर्खेत, असार ३२ गते ।

कर्णाली प्रदेशकै चर्चित पर्यटकीय बुलबुले ताललाई जीर्णोद्धार गरी नयाँ स्वरूप दिन लागिएको छ । बुलबुलेको मुख्य ताल जीर्ण भएको, पानी चुहिने जस्ता समस्या बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले पुरानै आकारमा नयाँ स्वरूप दिन लागेको हो ।

जमिनमुनिबाट पानी बुलबुल गर्ने मुख्य तालको पानी सुकाइएको छ । त्यहाँ पानी शुद्ध बनाउन बालुवा, तथा ढुङ्गा भर्न लागिएको छ । यस्तै तालको दक्षिण र पूर्वतिर रहेका पुराना धारामा काठमाडौँबाट ल्याइएका कलात्मक ढुङ्गेधारा जोडिएको छ । वीरेन्द्रनगर नगरपालिकाको पूर्वाधार समितिका संयोजक नवराज गुरुङले बुलबुले जीर्ण हुन थालेपछि पुरानै आकारमा नयाँ स्वरूप दिन लागिएको बताउनुभयो । उहाँले पुरानो स्वरूपलाई नबिगारी नयाँ रूप दिन लागिएको जानकारी दिनुभयो ।

नगरपालिकाको आफ्नै स्रोतबाट बुलबुलेको जीणोद्धार गर्न लागेको हो । उहाँका अनुसार पानी चुहिने मुख्य समस्याले जीर्णोद्धार गर्न लागिएको छ । उहाँले विगतमा बुलबुलेमा नुहाउने, लुगा धुने गरिएकोमा अब सो काममा रोक लगाइने जानकारी दिनुभयो । बुलबुलेमा नुहाउने, लुगा धुँदा यसको सौन्दर्यमा ह्रास आएकाले अब नयाँ स्वरूपमा बुलबुले बनेपछि नुहाउन र लुगा धुने काममा पूर्ण बन्देज लगाइने संयोजक गुरुङले बताउनुभयो । यस काममा रोक लगाएपछि बुलबुले आन्तरिक तथा बाह्य पर्यटकका लागि झन् महìवपूर्ण गन्तव्य हुने छ ।

नगरपालिकाले बुलबुलेलाई नयाँ स्वरूप दिन ४२ लाख ५५ हजार रुपियाँको लागत लाग्ने योजना निर्माण गरेको थियो । नगरपालिकाका इन्जिनियर यज्ञबहादुर कार्कीले निर्माण व्यवसायीले २७ लाख २१ हजारमा बुलबुले बनाउने गरी सम्झौता गरेको बताउनुभयो । उक्त कामको जिम्मा सुर्खेतको प्रसन्न निर्माण सेवाले लिएको छ । इन्जिनियर कार्कीका अनुसार आगामी असोज महिनाभित्रमा बुलबुले नयाँ स्वरूपमा देखिने छ । उहाँले अहिले मुख्य तालको पानी सुकाउने, ढुङ्गेधारा जडान गर्ने, प्लास्टर गर्ने काम भइरहेको भन्दै भदौदेखि असोज महिनाभित्र सम्पन्न हुने गरी काम जारी रहेको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल