alliance khabar

बुधबार, आषाढ २५, २०८२

काठमाडौँ, असार २५ गते  ।

पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान–२०८० प्रदान गरिने भएको छ ।  नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा न्यायिक क्षेत्रको नेतृत्व र संस्थागत विकासमा पुर्‍याउनुभएको योगदानका लागि श्रेष्ठलाई दुई लाख रुपियाँ राशिसहितको सम्मान प्रदान गरिने जानकारी दिइयो ।

नेपाल जनप्रशासन सङ्घका अध्यक्ष मधुरमण आचार्यले २५ औँ प्रधान न्यायाधीश बनेर १० बर्से द्वन्द्वपछिको बृहत् शान्ति सम्झौता, संविधान सभाको निर्वाचनको समयमा विशेष सक्रियतापूर्वक कार्यदक्षता देखाउन सफल श्रेष्ठ सम्मानका लागि छनोट हुनुभएको जानकारी दिनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका अध्यक्ष प्रदीपलाल श्रेष्ठले चर्चित प्रशासक एवं व्यवस्थापक स्व. हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको नेतृत्व तहमा  रही सार्वजनिक वितरण, सेवा र व्यवस्थापनमा दिनुभएको पे्ररणादायी योगदानको कदर गर्दै उहाँको सम्मानमा विसं २०५७ देखि हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको  जानकारी दिनुभयो । साल्ट ट्रेडिङको सौजन्यमा स्थापना गरिएको सम्मान यसअघि कुलमान घिसिङ, डा. सन्दुक रुइत, चाँदनी जोशी, डा. गौरीशङ्कर लाल दास, सूर्यनाथ उपाध्याय, न्हुच्छे प्रदानलगायतलाई प्रदान गरिसकेको छ ।

सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटाले नेपालीलाई नुनमा भिटामिन पोषक तत्व मिसाएर वितरण गर्ने लक्ष्यसहित साल्ट ट्रेडिङको स्थापना गरी सार्वजनिक सेवालाई सर्वसाधारणको पहुँचसम्म पु¥याउने काम गर्नुभएका हेमबहादुर मल्लले देशको आर्थिक अवस्थालाई बलियो बनाउने थुप्रै संस्थाको नेतृत्व इमानदारीपूर्वक  गर्नुभएको स्मरण गर्नुभयो ।

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिमा सङ्घका अध्यक्ष आचार्य, साल्ट ट्रेडिङका अध्यक्ष श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले, पूर्वसहसचिव जीवराज कोइराला सदस्य तथा सङ्घका निवर्तमान अध्यक्ष बाँस्कोटा आमन्त्रित सदस्य रहनुभएको थियो ।  काठमाडौँमा बिहीबार विशेष कार्यक्रम आयोजना गरी सम्मान प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल