alliance khabar

बुधबार, आषाढ २५, २०८२

जाजरकोट, असार २५ गते ।

 जाजरकोटको कुशे गाउँपालिका–५ दम्दालास्थित पशुपाति माध्यामिक विद्यालयमा बाढी पसेपछि पठनपाठन प्रभावित भएको छ । अविरल वर्षाका कारण विद्यालयको पर्खाल भत्किएपछि बाढी विद्यालयसहित कक्षाकोठामा पसेपछि पठनपाठन प्रभावित भएको हो ।

पाँचकाटिय–दम्दाला–पैक हुँदै जुम्ला जोड्ने सडक स्तरउन्नतीसहित कालोपत्रे हुँदै गरेको छ । निर्माण व्यवसायीले नालाको व्यवस्था नगरेका कारण सडकबाट बगेको बाढी विद्यालय प्राङ्गण, कक्षाकोठामा पसेपछि बालबालिकाको पढाइ प्रभावित भएको छ ।

पशुपति माध्यामिक विद्यालयका शिक्षक गगन वालीले छ वटा कक्षाकोठामा लेदोसहितको पानी पसेको जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीले पर्खाल भत्किएपछि विद्यालयको निर्माणधिन भवन जोखिममा रहेका छ । कच्चा पर्खाल भीराले जमिन माथिबाट झरेको भलपानी सिधै विद्यालयमा आएपछि पठनपाठन गराउन समस्या भएको छ । निर्माण व्यवसायीले विगत दुई वर्षदेखि विद्यालयको पर्खाल पुनर्निर्माण गरिदिने सम्झौता गरेपनि पर्खाल निर्माणमा ढिलासुस्ती तथा वेवास्ता गरेका कारण विद्यालय जोखिम भएको छ ।

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले मनसुन सव्रिmय भएकाले विभिन्न प्रकोप हुने भएकाले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल