काठमाडौँ, असार १८ गते ।
सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्धको फैसाल आज सुनाउँदै छ । संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गरी अध्यादेश ल्याई ५२ संवैधानिक पदमा नियुक्ति गरिएको थियो ।
विसं. २०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका ५२ संवैधानिक नियुक्तिविरुद्धको फौसला सर्वोच्चले बुधबार सुनाउन लागेको हो ।
संवैधानिक निकायमा नियुक्तिविरुद्ध २०७७ पुस १ देखि २०७९ साउन १० गतेसम्म १५ वटा रिट दायर भएका थिए । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, कीर्तिनाथ शर्मा पौडेलका साथै डा. पुण्यप्रसाद खतिवडालगायतले विभिन्न मितिमा रिट दायर गर्नुभएको थियो । अर्याल, शर्मा र त्रिपाठीलगायतको रिटमा ती नियुक्ति संविधान र कानुनविपरीत रहेको दाबी गरिएको छ ।
सो रिटमाथिको सुनुवाइ गत जेठ १ गते नै सकिएसँगै जेठ २८ गते निर्णय सुनाउने मिति तय भएको थियो ।
तर प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुँडाल र नहकुल सुवेदीबिच भएको लामो छलफलपछि असार १८ गते निर्णय सुनाउने मिति सारिएको थियो ।