alliance khabar

सोमबार, आषाढ १६, २०८२

कल्याणपुर (सप्तरी), असार १६ गते ।

सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँएर सडकमा लडेका एक मोटरसाइकल चालकको ट्रकले किच्दा मृत्यु भएको छ ।

जिल्लाको खडक नगरपालिका– ७ स्थित पूर्व पश्चिम राजमार्गअन्तर्गतको विसनपुर चौक नजिकै आइतबार दुर्घटनामा सोही पालिकाको वडा नम्बर ९ घर भएका ४५ वर्षीय दिपेन्द्र विश्कर्माको ट्रकले किन्दा मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विश्वकर्मा चढेको प्रदेश १–०५–००१ प १५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको स २ प १९८५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएको थियो ।

सोही क्रममा मोटरसाइकल अनियन्त्रित भई सडकमा लडेका विश्वकर्मालाई विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०१–००१ ख ३६३ नम्बरको ट्रकले किच्दा विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

ट्रक चालक हेटौँडा उपमाहानगरपालिका १५ का २९ वर्षीय राम कुमार श्रेष्ठ तथा अर्का मोटरसाइकल चालक खडक नगरपालिका ७ का ३८ वर्षीय भुपेन्द्र साहलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल