alliance khabar

आइतबार, आषाढ १५, २०८२

काठमाडाैँ, असार १५ गते ।

नेकपा (एमाले)की सांसद विद्या भट्टराईले बालविकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बनाउन सकिने व्यवस्था गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ ।

आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथिको छलफलमा बोल्दै उहाँले यस्तो प्रस्ताव राख्नुभएको हो ।

उहाँले बालविकास सहजकर्ताको योग्यतालाई उनीहरूको वृत्ति विकाससँग जोड्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले विद्यालय कर्मचारीको सम्बन्धमा पनि स्पष्ट कार्यसम्पादनको क्षेत्र निर्धारण हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँहरूको योग्यताको आधारमा उहाँहरूलाई साधारण शिक्षक बनाउन सकिन्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका हौँ । यस्तो व्यवस्था गरेनौँ भने यो भार हुन्छ । यसतर्फ म मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । उहाँहरूको योग्यतालाई कसरी उहाँहरूको योग्यतासँग जोड्ने भन्ने निष्कर्षमा हामी पुग्न सक्नुपर्छ ।”

बैठकमा बोल्ने अधिकांश सांसदहरूले बालविकास सहजकर्ताहरूलाई योग्यताको आधारमा साधारण शिक्षक बन्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयाे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल