alliance khabar

बिहिबार, आषाढ ०४, २०८२

हेटौँडा, असार ५ गते ।

मकवानपुरको राक्सिराङका चेपाङ र तामाङ समुदाय पछिल्लो समय सिपसँग जोडिन थालेका छन् ।

विभिन्न सङ्घ संस्थाले पालिका र प्रदेश सरकारसँग सहकार्य गरेर सञ्चालन गर्ने स्वरोजगारमूलक तालिममा जोडिएर चेपाङ र तामाङ समुदाय सिप सिक्न थालेका हुन् । राक्सिराङका थापाबहादुर दोङले केराको रेसाबाट नेपाली कागज उत्पादन गर्ने सिपबाट आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिनुभयो ।

उहाँले केरा खेती गर्न पालिकाले सार्वजनिक जग्गा उपलब्ध गराए सामूहिक रूपमा केरा खेती गरेर कागज उत्पादन गर्दै आत्मनिर्भर बन्न सक्ने बताउनुभयो । इलिना चेपाङले स्वरोजगारमूलक सिपले युवालाई प्रोत्साहन मिलेको बताउनुभयो । तालिमसँगै बजारीकरणलाई स्थानीय तह र प्रदेश सरकारले सहजीकरण गरिदिए युवालाई सिपसँग जोडिन थप ऊर्जा मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उहाँले आगामी दिनमा महिलालाई सशक्तीकरण गर्ने थप तालिमको माग गर्नुभयो । मकवानपुरको राक्सिराङ गाउँपालिकामा सञ्चालित एकमहिने नेपाली कागज उत्पादन र ३९० घण्टासम्म चलाइएको केयर गिभरसम्बन्धी तालिमको समापन गर्दै बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले युवालाई स्वदेशमै रोजगारी दिने वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सीमान्त समुदायलक्षित योजनालाई प्राथमिकता दिएर अघि बढ्ने बताउँदै उहाँले सीमान्त समुदाय रहेका मकवानपुर, चितवन, सिन्धुली र रामेछाप जिल्लामा बिउ पुँजीसहित कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

संविधान सभा सदस्य गोविन्दराम चेपाङले गाँजा खेती रोक्न युवालाई वैकल्पिक रोजगारी दिने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । तामाङ र चेपाङ समुदायको बाहुल्य रहेको राक्सिराङमा गाँजा खेतीको विकल्प दिन सङ्घीय, प्रदेश र स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले प्रदेश तथा सङ्घ सरकारले आफूहरूको क्षेत्रको विकासमा प्राथमिकता नदिएको गुनासो गर्नुभयो । उहाँले अल्पसङ्ख्यक र पिछडिएको चेपाङ क्षेत्रलाई हेला भएको गुनासो गर्नुभयो ।

नेपाली कागज उत्पादन तालिम उद्योग तथा वाणिज्य कार्यालय, मकवानपुरको आर्थिक सहयोगमा जिल्ला लघु उद्यम सङ्घ (डिमेगा) मकवानपुरले सञ्चालन गरेको हो ।  राक्सिराङ गाउँपालिका र प्रदेश व्यावसायिक शिक्षा तथा तालिम परिषद्को आर्थिक सहयोगमा हाम्रो प्रशिक्षण केन्द्रले ३९० घन्टे केयर गिभर तालिम प्रदान गरेको थियो । डिमेगा मकवानपुरका अध्यक्ष दीपेन्द्र रोक्काको अध्यक्षतामा तालिम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल