alliance khabar

शनिबार, जेठ २४, २०८२

काठमाडौँ, जेठ २४ गते ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २२ वटा निजी विद्यालयको अनुगमनपछि कागजातको अध्ययन सुरु गरेको छ । पहिलो पटक सेवा क्षेत्र अन्तर्गत निजी विद्यालयको अनुगमन गरेको विभागले उपत्यकाका नाम चलेका विद्यालय प्रशासनबाट विभागमा प्राप्त भएका कागजात सही भए/नभएको विषयमा अध्ययन थालेको हो ।

विभागका निर्देशक डिकबहादुर कार्कीले उपत्यकाका नाम चलेको भनिएका जेम्स, ग्यालेक्सी, भ्याली, प्रिमियर इन्टरनेसनललगायतका २२ वटा विद्यालयले पेस गरेका विवरण चित्त बुझ्दो नदेखिएकाले पुनः परीक्षणका लागि सम्बन्धित पालिकामा पठाइएको जानकारी दिनुभयो । विद्यालयको भौतिक पूर्वाधार, उपलब्ध गराउने शिक्षाको गुणस्तर, अन्य क्रियाकलापका आधारमा सम्बन्धित पालिकाबाट स्वीकृति गराएर लागु गरेका हुन् वा होइन भन्ने बुझ्न पालिकामा पत्राचार गरिएको उहाँले बताउनुभयो । अहिलेसम्म कुनै पालिकाबाट जवाफ प्राप्त नभएको उहाँको भनाइ छ । “अधिकांश विद्यालयले लिँदै आएको शुल्कको विवरण हेर्दा कम देखिएको तर ती विद्यालयसँग सम्बन्धित अभिभावक वा पढ्ने विद्यार्थीसँग बुझ्दा शुल्कमा धेरै भिन्नता पाएका छौँ,” उहाँले भन्नुभयो ।

विभागले सम्बन्धित पालिकासँग विद्यालयको विषयमा मागेको विवरणको जवाफ आएपछि त्यसको कैफियतका आधारमा कानुनी कारबाही गरिने पनि निर्देशक कार्कीले जानकारी दिनुभयो । विभागले गएको वैशाख अन्तिम सातामा निजी विद्यालयकेन्द्रित अनुगमन सुरु गरेको थियो ।

विभागका महानिर्देशक कुमार दाहालले निजी विद्यालयमा शिक्षक कर्मचारीलाई असाध्यै न्यूनत पारिश्रमिक दिने तर विद्यार्थीसँग भर्ना, वार्षिक र टिउसनका फरक फरक शीर्षकमा मनलाग्दी शुल्क लिने गरेको गुनासो आउने क्रम बढेपछि विभागले विद्यालयकेन्द्रित अनुगमन गरी त्यहाँबाट प्राप्त विवरणको अध्ययन गरेको हो । उहाँका अनुसार विद्यालयको अनुगमनका क्रममा विद्यालयले फरक फरक शीर्षकमा विद्यार्थीसँग लिने शुल्क, शिक्षक कर्मचारीलाई दिने पारिश्रमिक वा सेवा सुविधालगायतको विवरण मागिएको थियो । कानुन अनुसार मासिक टिउसन शुल्कको दुई महिनाभन्दा बढीको वार्षिक शुल्क लिन नपाउने व्यवस्था छ तर निजी विद्यालयले छ महिनाको टिउसन शुल्क बराबरको रकम वार्षिक शुल्कमा लिने गरेको पाइएको छ ।

विद्यालयसँग विवरण माग गरिएकाले कानुनविपरीत शुल्क लिएको प्रमाणित भएमा जुनसुकै विद्यालय कानुन अनुसार कारबाहीको भागीदार हुने महानिर्देशक दाहालको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल