alliance khabar

सोमबार, जेठ १९, २०८२

घोराही, जेठ १९ गते ।

दाङमा सवारीसाधनको ठक्करबाट जङ्गली जनावर हुँडारको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० दक्षिण अम्राईमा दुर्लभ वन्यजन्तु भाले हुँडारको नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट मृत्यु भएको हो ।

वन्यजन्तु संरक्षणको दृष्टिकोणले महत्त्वपूर्ण मानिने हुँडारको सवारीसाधनको ठक्करबाट मृत्यु भएको डिभिजन वन कार्यालय घोराहीका रेन्जर चक्रपाणि शर्माले जानकारी दिनुभएको छ । उहाँले सोमबार बिहान दुर्घटना भएको र त्यस आसपास क्षेत्रमा सिसीटिभी नभएका कारण सवारीसाधनको पहिचान हुन नसकेको बताउनुहुन्छ ।

रेन्जर शर्माका अनुसार विगत लामो समयदेखि नदेखिएको हुँडार सडकमा मृत फेला पर्नु वन्यजन्तुको सुरक्षित बसोबासमा चुनौती खडा भएको बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल