alliance khabar

शनिबार, जेठ १०, २०८२

दार्चुला, जेठ १० गते ।

सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाबाट वर्षातका बेला वा विभिन्न कारणले खसेको पहिरो नियन्त्रण गरी घर, खेतीयोग्य जमिन र पाखो जमिनलाई जोगाएको छ ।

भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाले बैतडी र दार्चुलामा पहिरो नियन्त्रण, तटबन्ध निर्माण र पानी मुहान संरक्षण तथा रिचार्ज पोखरी निर्माण गर्ने कार्य गरेको कार्यालय प्रमुख विनोद शाहले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा दार्चुला र बैतडीमा गरी ३४ वटा पहिरो नियन्त्रणका योजना सञ्चालनमा छन् । जसमध्ये २७ पहिरो नियन्त्रणका योजनाहरु निर्माण सम्पन्न भई अन्तिम भुक्तानी भइसकेको उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलालाई पहिरो नियन्त्रण, तटबन्ध निर्माण, पानी मुहान सङ्रक्षण र रिचार्ज पोखरी निर्माणका गरी १०५ वटा कार्यक्रम/योजना स्वीकृत गरी पठाएको थियो । कार्यालयलाई चालु आर्थिक वर्षमा १० करोड १६ लाख रुपियाँ पुँजिगत बजेट प्राप्त भएकोमा सात करोड ३० लाख बजेट खर्च भइसकेको उहाँले जानकारी दिनुभयो ।

पहिरो नियन्त्रणको योजना हालेर प्रदेश सरकारले आफ्नो कमाई खाने खेत र घर जोगाइदिएको पुर्चौडी नगरपालिका–३ सल्लेवनका स्थानीय दिलबहादुर धानुकले बताउनुभयो । “वर्षातको बेला सधैँ पहिरो खसेर खेतबारी लग्थ्यो यो वर्ष योजना आएर ढुक्क भएका छौँ ।” उहाँले भन्नुभयो ।

कार्यालयले खोलाको कटानबाट बस्ती जोगाउन दार्चुला र बैतडी जिल्लामा गरी ५९  वटा तटबन्ध निर्माणका योजनाहरु सञ्चालन गरेको छ भने ४३ योजनाको निर्माण कार्य सम्पन्न गरेको छ । १२ वटा पानी मुहान संरक्षण र रिचार्ज पोखरी निर्माणका योजना मध्ये नौ वटा योजनाको निर्माण कार्य सम्पन्न गरी अन्तिम भुक्तानी गरिएको कार्यालय प्रमुख शाहले जानकारी दिनुभयो ।
खोला किनारमा तटबन्ध निर्माणपछि कटानको समस्या हल भएको तथा वर्षातको बेला बाढीको जोखिम कम भएको दुहुँ गाउँपालिका–५ दार्चुलाका स्थानीय प्रेमराज भट्टले बताउनुभयो । “यसवर्ष सिमित बजेटमा सिमित काम गर्न सकियो, तटबन्ध थप निर्माण गर्न अगामी वर्षमा पनि प्रदेश सरकारले बजेट देओस् ।” उहाँले भन्नुभयो । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ७१ दशमलव ८५ प्रतिशत पुँजिगत बजेट खर्च गर्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल