alliance khabar

सोमबार, जेठ ०५, २०८२

बागलुङ, जेठ ५ गते  ।

बालविवाह रोक्न पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा गठित आमा समूह सक्रिय हुन थालेका छन् ।  मध्यपहाडी लोकमार्गले छिचोले पनि निसीखोलाको अधिकांश क्षेत्र अति विकट रहेकाले त्यहाँ बालविवाह हुने क्रम रोकिएको छैन । कम उमेरमा विवाह गर्दा आफूहरूले भोगेको दुःख आफ्ना सन्ततिले भोग्न नपरोस् भन्दै ‘नियमित आमा समूह’ गठन गरी उहाँहरूले बालविवाहबारे सचेतना जगाउन थाल्नुभएको हो ।

निसीखोला गाउँपालिका–२, कान्लेचौरमा गठित आमा समूहले गाउँमा बालविवाह हुन नदिन नियमित छलफल गर्दै आएको समूहका अध्यक्ष शोभा कुँवरले बताउनुभयो । दशकअघिसम्म बालविवाहले निम्त्याउने समस्याका बारेमा सचेतना जगाउन थालेपछि विद्यालय जाने उमेरका किशोरी सजग हुनुका साथै बालविवाह पनि घट्दै गएको कुँवर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कान्लेचौर गाउँमा आमा स्वास्थ्यको अवस्था निकै कमजोर छ । अधिकांश बालविवाह गरेका भेटिन्थे । आमा समूहमार्फत बालविवाहबारे सचेतना फैलाउन थालेपछि बालविवाह घट्ने क्रममा छ ।’ बालविवाहले ज्यानै जोखिमा पर्ने र उपचारको खर्च जुटाउन पनि नसक्ने भएपछि समयमै सचेतना फैलाउन महिला समूह सव्रिmय रहेको कुँवरले जानकारी दिनुभयो ।

आमा समूहले नियमित गर्भ परीक्षण र पूर्ण खोपयुक्त वडा बनाउन पनि पहल गरेको छ । खोप क्लिनिक वडाभित्रै नहुँदा समस्या खेप्नु परेको समूहका अर्का सदस्य भीमकुमारी खत्रीले बताउनुभयो । खोप क्लिनिक निसीखोला–१ को खाडुमा रहेको छ । खाडुस्थित खोप केन्द्रमा जान जोखिमयुक्त रहेकाले कतिपय सवारीसाधनको सहायतामा झिँवाखोलामा पुग्ने गरेका छन् ।

खोप क्लिनिकलाई कान्लेचौरमा पनि सञ्चालन गर्नुपर्ने आमा समूहको माग छ । गाउँपालिकाले निर्माण गरिरहेको नगर अस्पताल बजेट अभावमा निर्माण सम्पन्न नहुँदा जनशक्ति बढाउन नसकेको अध्यक्ष सूर्यबहादुर घर्तीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल