नारायणगढ, जेठ २ गते ।
पूर्व पश्चिम राजमार्गको रत्ननगरमा शुक्रवार विहान भएको दुर्घटनामा १५ जना यात्रु घाईते भएका छन् ।
रत्ननगरनगर पालिका वडा नम्वर १० स्थित त्रिनेत्र पेट्रोल पम्प अगाडि भएको सो दुर्घटनामा परि घाईतेहुनेहरु मध्ये चार जनाको स्कूल अफ मेडिकल साईन्सेन्स मेडिकल कलेजमा उपचार भै रहेको छ भने अन्यको बकुलर अस्पतालमा उपचार भै रहेको छ ।
जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी उपरिक्षक गोविन्द पुरीका अनुसार काठमाण्डूवाट लाहान तर्फ जान लागेको प्र १-०२-००१ ख ९१६२ नम्वरको वस सडक छेउको पोलमा ठक्कर खादा सो दुर्घटना भएको हो ।
दर्घटनामा घाईतेहुनेहरु मध्ये सिराहा सक्करकोटिया गाउ पालिका वडा नम्वर ५ बस्ने बर्ष ३९ को बैतिक राम, वर्ष २१ को संजय कुमार मण्डल , सिराहा कल्याणपुर नपा ६ बस्ने वर्ष १९ को सल्मन ठाकुर र वर्ष ३५ को धर्मेन्द्र कुमार चौधरीको मेडिकल कलेजमा उपचार भैरहेको छ ।
यस्तै बकुलर अस्पतालमा उपचार भईरहेकामा सिराहा नवलराजपुर गाउ पालिका वडा नम्वर ४ बस्ने वर्ष १८ को नगेन्द्र शाह,सिराहा भगवानपुर गाउ पालिका ३ बस्ने वर्ष २१ को धरमनाथ यादव, सप्तरी तिलाहा कोलादा गउ पालिका ६ बस्ने वर्ष ३० को जयप्रसाद शाह, सिराहा करजना नपा ४ बस्ने वर्ष ४० को दिपेन्द्र कुमार शाह, सप्तरी कोलदारी गापा ५ बस्ने वर्ष २८ को गजेन्द्र कुमार शाह, राजविराज नपा १ बस्ने वर्ष २८ को दिनेश कुमार शाह, भारत मधुबन्दी बस्ने वर्ष ४० को रामकृष्ण राउत, सिराहा नवराजपुर गापा ३ बस्ने वर्ष १९ को चन्दन कुमार यादव, नगरकोटिया गापा पाँच बस्ने वर्ष २४ को जीवनकुमार पासवान, वसका सह चालक काठमाण्डौँ महानगरपालिका १० बस्ने वर्ष २७ को हरि गौतम र सप्तरी राजविराज नपा १ बस्ने वर्ष २८ को दिनेश शाह रहेका छन ।