alliance khabar

शुक्रबार, बैशाख १९, २०८२

काठमाडौँ, वैशाख १९ गते ।

नेपालका अधिकांश भूभागमा बिहीबारदेखि करिब एक साताजसो बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना देखिएको छ । पश्चिमी वायु, बङ्गालको खाडीको प्रणाली र स्थानीय वायुसहित तीन वटा प्रणालीको मिश्रण रहेकाले पनि बुधबार रातिदेखि नै देशव्यापी बदली र वर्षा सुरु भएको हो ।

बङ्गालको खाडीबाट राम्रो जलवाष्पसहितको प्रणाली र स्थानीय वायुको विकास पनि सँगै हुँदा साताव्यापी वर्षाले शीतलता प्रदान गर्ने भएको हो । विगत केही दिनयता हल्का वर्षासँगै कायम रहेको जलवाष्पमा थप नयाँ प्रणाली मिसिएकाले यस पटकको वर्षा लम्बिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार आगामी तीन दिन र त्यसपछिका केही दिन बादल र वर्षामय रहने भएको छ ।

रातमा बादल बन्ने र दिनमा वर्षा हुने क्रम केही दिन जारी रहने उहाँले बताउनुभयो । पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र अन्यत्र बदलीसहित शीतल वातावरणको विकास हुने सम्भावना रहेको छ । यसले बढेको तापलहरको तातोलाई केही समयका लागि निमिट्यान्न पार्ने सङ्केत गरेको उहाँले जानकारी दिनुभयो । पश्चिमको तुलनामा देशको पूर्वी भूभागमा बढी वर्षा हुने भएको छ ।

मनसुन भित्रन अझै एक महिना समय बाँकी रहेकाले अहिलेको गतिविधिले प्रिमनसुन थप सक्रिय बनाएको महाशाखाले औँल्याएको छ । देशका सबै प्रदेशमा दिनमा बढी बादल र वर्षा हुने छ भने रातमा कतै कतै मात्र हल्का वर्षाको सम्भावना रहेको छ ।

थोरै समयका लागि घाम लागे पनि फेरि बदली हुँदै पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात गराउने सम्भावना रहेको जनाइएको छ । नयाँ प्रणाली नजोडिएको खण्डमा अर्को साताको बुधबारदेखि मौसम सफा हुने सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल