Alliancekhabar

शुक्रबार, आश्विन १८, २०८१

खोटाङ, असोज १८ गते : ठाउँ–ठाउँमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको हलेसी–जयराम सडक फेरि अवरुद्ध भएको छ । १७ गते राति परेको अविरल वर्षाका कारण पहिरो खसेपछि यात्रुहरु बाटैमा अलपत्र परेका हुन् ।

इलाका प्रहरी कार्यालय हलेसीका अनुसार हलेसी–तुवाचुङ नगरपालिका –१ बाहुनीडाँडाको कदुवा र लाँकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका –३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका –४ बडहरेको खोक्सेली लगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

अहिले नगरपालिकाको जेसिभी प्रयोग गरेर बडहरेतर्फबाट सडकको पहिरो पन्छाउन थालिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो । बडहरेबाट च्यास्मीटार हुँदै कदुवासम्मको पहिरो हटाउने तयारी गरिएको छ ।

दसैंका लागि खोटाङ भित्रिंदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदुवामा रातिदेखि अलपत्र परेका छन् । खोटाङबाट तराई र वैकल्पिक सडकबाट काठमाडौंका लागि गएका सवारी साधन पनि बाटैमा अलपत्र छन् ।

आज साँझसम्म पहिरो पन्छाएर सडक सुचारु गराइने इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल