Alliancekhabar

शुक्रबार, आश्विन १८, २०८१

सुलीकोट, असोज १८ गते : गोरखामा अविरल वर्षाका कारण माछीखोला–धार्चे सडक खण्ड झण्डै ३ महिनापछि सञ्चालनमा आएको छ । गत असार पहिलो हप्तादेखि परेको अविरल वर्षाका कारण माछीखोला–धार्चे सडक अवरुद्ध भएको ३ महिनापछि धार्चे–माछीखोला सडक शुक्रबारदेखि सडक सञ्चालनमा आएको हो ।

उत्तरी गोरखाको माछीखोला–धार्चे सडक अन्र्तगत अविरल वर्षाका कारण विभिन्न ठाउँमा भौगोलिक विकटताका कारण सय मिटर माथिबाट खसेको पहिरोले सडक खण्डहरु ढुंगा, माटो र लेदोलो सडक नै बगाएपछि सबारी साधनहरु आवतजावत नै बन्द हुन पुगेको थियो ।

वर्षातका समय सकिएपछि धार्चे गाउँपालिकाको पहलमा उत्तरी गोरखाबासीको मागलाई सम्बोधन गर्दै गाउँपालिकाले भत्किएका सडकहरु मर्मत सम्भार गरी सवारीसाधनहरु आवतजावतमा सहज बनाइएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यस सडक गोरखाको उत्तरी क्षेत्र चुमनुब्री गाउँपालिकाका विभिन्न पर्यटकिय क्षेत्रहरु जानका लागि सडक बाटो भएर जाने मुख्य सडक भएकाले पनि गाउँपालिकाको पहलमा सडक बाटो सुचारु गरिएको उहाँले बताउनुभयो ।

धार्चे गाउँपालिकाको जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम निरन्तर रुपमा चलिरहेकाले सडक भासिएको ठाउँमा नयाँ सडक खोली सडक बाटो सहज बनाइ सवारीसाधन सञ्चालनमा ल्याएको धार्चे गाउँपालिकाले जनाएको छ ।

सडक मर्मत तथा सम्भार भएपछि शुक्रबारदेखि एकतर्फी रुपमा सुचारु भएपछि बेनीघाटदेखि आर्खेत सम्म आवतजावत गर्ने यात्रुबाहक सबारी साधन सुचारु हुन थालेका धार्चे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताउनुभयो ।

वर्खा लागेसँगै अवरुद्ध भएको सडक शुक्रबारदेखि सञ्चालनमा आएको छ, गाउँपालिकाका अध्यक्ष गुरुङले भन्नुभयो, “अब माछीखोलासम्म बस र अन्य सवारीसाधन चल्ने सक्ने गरी बाटो मर्मत भएकाले खोर्लाबेशीसम्म जीपहरु सहज रुपमा सवारीसाधनहरु आवतजावतमा सहजता भएको छ ।”

वर्खा सकिएसँगै नेपालीहरुको महान चाड दशँै र तिहारको लागि धार्चे गाउँपालिका भित्रका कच्ची सडकहरु मर्मत गर्ने कार्य भइरहेको धार्चे गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल