Alliancekhabar

बिहिबार, आश्विन १७, २०८१

दमक, असोज १७ गते : झापाको दमक नगरपालिकाले अति विपन्न तीन सय घरपरिवारलाई दैनिक उपभोग्य खाद्य सामग्री उपलब्ध गराएको छ । विपन्न पहिचान कार्यविधि अनुसार वडाले सिफारीस गरेका आधारमा चामल, नुन, तेल, दाल लगायतका खाद्य सामग्रीहरु उपलब्ध गराइएको नगर प्रमुख रामकुमार थापाले बताउनुभयो ।

नगरपालिकाका अनुसार जनही पाँच हजार २ सय ५० मूल्य बराबरको खाद्य सामग्रीहरु उपलब्ध गराएको हो । उहाँका अनुसार वितरण गरिएको राहत सामग्रीहरुमा ५० केजी मन्सुली चामल, २ केजी मुसुरो दाल, २ लिटर खानेतेल, २ केजी नुन, ५ थान साबुन रहेको छ ।

साबुन ५ पिस उपलव्ध गराइएको हो । खाद्यान्न घरघरसम्म ढुवानीका लागि लक्षित परिवारलाई रु २ सय रुपियाँ समेत प्रदान गरिएको थियो । चाडपर्वको मुखमा यसरी दैनिक अति आवश्यकीय खाद्यन्न पाएपछि अति विपन्न परिवार खुशी बनेका छन् ।

खाद्य सामग्री घरसम्म पुर्याउन र लिन आउनका लागि २ सय रुपियाँ यातायता खर्च पनि उपलब्ध गराइएको नगर उपप्रमुख रेगिना भट्टराईले जनाउनुभयो। नगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘जहाँ विपन्न त्यहाँ खाद्यान्न’ भन्ने कार्यक्रम ल्याइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल