Alliancekhabar

मंगलबार, आश्विन १५, २०८१

तनहुँ, असोज १५ गते : अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँस्थित देवघाटधाम चपेटामा परेको छ ।  त्रिशूली र कालीगण्डकी नदीमा आएको बाढीले गर्दा देवघाट गाउँपालिका–५ स्थित देवघाटधाममा रहेका धार्मिक, शैक्षिक र भौतिक संरचनामा क्षति पुगेको छ । बाढीले देवघाटस्थित वेणी

सङ्गममा रहेका मठमन्दिर, कुटी, गलेश्वर आश्रम र चितवनतर्फ रहेका धर्मशाला क्षति पुर्‍याएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो । अध्यक्ष थापाका अनुसार गलेश्वर आश्रमको नदीतर्फको केही भाग बाढीले बगाएको छ ।

त्रिशूलीमा आएको बाढीले चितवन र देवघाट जोड्ने दासढुङ्गाको पुल जोखिममा परेको छ । त्रिशूलीमा पानीको सतह अत्यधिक बढेपछि शनिबार बाढी पुल नाघेर बगेको थियो । त्यस्तै बाढीले गर्दा देवघाट गाउँपालिका–५ र चितवनको १७ किलोस्थित बगन्दी जाने झोलुङ्गे पुल जोखिममा परेको छ । गलेश्वर आश्रमको नदीतर्फको केही भाग बाढीले बगाएको छ । कालीगण्डकी नदीमा आएको बाढीले देवघाट गाउँपालिका–५ स्थित साँढेबगरमा रहेको महादेव आधारभूत विद्यालय डुबानमा परेको छ । विद्यालय भवन बाढीले डुबाउँदा सबै कागजात नष्ट भएको विद्यालयका प्रधानाध्यापक शिवहरि वाग्लेले बताउनुभयो ।

छाब्दी खोलामा आएको बाढीले व्यास नगरपालिकाको वडा नम्बर १२ र १३ जोड्ने मोटर गुड्ने पुल भत्किएको छ । पुल भत्किँदा स्थानीय बासिन्दा तथा छाब्दीवाराही मन्दिर आउने भक्तजनलाई समस्या परेको छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले बताउनुभयो । बिहीबार रातिदेखि परेको अविरल वर्षाले राजमार्ग, सहायकमार्ग, धार्मिकस्थल, शैक्षिक संस्थालगायतका भौतिक संरचनामा क्षति पुगे पनि मानवीय नोक्सान नभएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल