Alliancekhabar

मंगलबार, आश्विन १५, २०८१

मुगु, असोज १४ गते : झिसमिसेमै उठ्यो, पिठ्युँमा स्याउको डोको, पटुकामा सुक्का  रोटी बोकेर  छायाँनाथ रारा नगरपालिका वडा नं १० घट् लेख गाउँकी  सरिता सेजुवाल सदरमुकाम गमगढी बजारमा  बारीको स्याउ बिक्री  गर्नलाई दैनिक  सदरमुकाम गमगढी बजारमा ओर्लिन्छिन् ।

दिनभर स्याउ बेचेर कमाएको पैसाले दैनिक उपभोग्य वस्तु किनेर साँझ घर फर्किछन् । छायाँनाथ रारा नगरपालिकाको   उहाँ एक  प्रतिनिधि पात्र हो ।

सरीताले भन्नुभयो  डोकोभरि स्याउ बोकेर गमगढी पुग्न ४   घण्टा र फर्केर घर पुग्न २ घण्टा गरी  एकै दिन ६ घण्टा हिँड्छु। दुःखको तुलनामा आम्दानी भने कम छ । ,’ उनले भनिन्, ‘नजिक बजार नहुँदा र  आधुनिक प्रविधिको स्याउ स्टोर गर्ने घर नहुँदा  स्याउ बेच्न पनि पैताला खियाउनुपरेको छ ।’  उहाँ मात्र होइन, घरको आर्थिक जोहो गर्नलाई यहाँका महिला स्याउ, ओखर र तरकारी लिएर सदरमुकाम आउने गरेका छन् । स्थानीय बेलमती बुढा पनि उसै गरी थोरै सामान बेच्न धेरै मिहिनेत गरी सदरमुकाम पुग्नुहुन्छ। ‘  झिसमिसेमै उठी  यति  नहिँडे घरका स्याउ घरमै कुहिने डरले त्यसैले बेच्नु पर्ने हुन्छ । उहाँले भन्नुभयो  दैनिक एक हजार पाँच सय देखि दुई हजार  रुपियाँ सम्मको स्याउ बेची आम्दानी गर्छु ।

छायाँनाथ रारा नगरपालिका–१०, घट् लेख गाउँकी मुना सेजुवालले गत वर्षको सिजनमा बारीमा उत्पादन भएका स्याउ  माघ, फागुन महिनामा बिक्री गर्नलाई  परम्परागतको खाडमा राखिएका स्याउ  भारी बर्सादले    कुहिएर नाश भएको उहाँको गुनासो छ । उहाँ लगायत उहाँका गाउँका सबैको स्याउ यसरी नै कुहिएर नाश भएको छ ।

यता जिल्लाको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय सँग स्याउ जोगाउने उपाय त के तथ्याङ्कसमेत छैन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तरगतको  स्याउ जोन क्षेत्र जिल्लामा कागजमा मात्र सीमित भएको कृषक रामलक्ष्मी सेजुवालले बताउनुभयो । स्याउ जोन क्षेत्र लागु भएको  यहाँ स्याउ उत्पादन गर्ने कृषकका लागि  सम्बन्धित निकायले अनुदानमा बेमौसमी समयमा स्याउ बेच्नलाई चिस्यान स्याउ भण्डारण निर्माण नगरिदिँदा स्थानीय कृषक प्रत्यक्ष मारमा परेका छन्।

छायानाथ रारा नगरपालिकाको घट् लेख, तललेख, रोवा गाउँमा स्याउ उत्पादन राम्रो हुन्छ । असोज÷कार्तिकमा संकन भएको स्याउ परम्परागत तरिकाले  भकारीमा भण्डारण गरेको स्याउ   पुसदेखि फागुनसम्म  राख्दा  धेरैजसो स्याउ कुहिएर नष्ट हुने गरेको स्थानीय रामदेवीको गुनासो रहेको छ।

यहाँका स्थानीयले स्याउ बिक्रीबाट कमाएको पैसाले बालबच्चाको पढाइ, नुन तेल, खाद्यान्न, जुत्ता–चप्पल किन्ने गरेका छन् । स्याउले स्थानीयको जीविकोपार्जनमा सहज गरेको छ।

घट्टलेख गाउँका बासिन्दा स्याउबाटै आत्मनिर्भर बन्दै गएका छन् । रोवा खोलाभरिकै स्याउको भण्डारणका रूपमा चिनिने घट्टलेख र तल्लेख  गाउँमा वार्षिक १२ सय मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन हुने गरेको कृषि विकास कार्यालय मुगुले  जानकारी गराएको छ। गाउँमा सडक नपुग्दा उत्पादन गरेको स्याउ बेच्न कठिन भएको घट्टलेख  गाउँका रतन सेजुवालले बताउनुभयो । ‘टाढा भएकाले व्यापारी पनि जाँदैनन् । स्याउ बेच्नै गाह्रो छ,’ उहाँले सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल