Alliancekhabar

आइतबार, आश्विन १३, २०८१

धादिङ, असोज १३ गते : पूर्व पश्चिमका जिल्लाहरूबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडक बिहीबार साँझदेखि अवरुद्ध छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ खण्ड पनि अवरुद्ध छ । जताततै आएको पहिरोका कारण राजमार्ग सुचारु हुने सम्भावना न्यून रहेको छ ।

त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्ड अन्तर्गत झ्याप्लेखोलामा खसेको पहिरो पन्छाउने काम सुरु भएको छ । सडकको लामो भाग लेदोले ढाकेको र पहिरोमा दुई वटा बससहितका सवारी साधन पुरिएकाले सावधानीपूर्वक काम गर्नुपर्ने हुँदा आज दिनभर समय लाग्न सक्ने धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभएको छ । केसीका अनुसार पृथ्वीराज मार्गमा रहेका केही पहिरो शनिवार हटाएको छ भने केही पहिरो बिहानदेखि नै हटाउने कार्य थालिएको छ ।

त्रिभुवन राजपथ र पृथ्वीराज मार्गका विभिन्न ठाउँमा दर्जनौँ पहिरो भएका कारण राजमार्ग आज सुचारु गर्न कठिन हुने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी गराउनुभएको छ । पाण्डेका अनुसार सबै सुरक्षाका सबै संयन्त्र र साधनहरूलाई राजमार्गमा रहेका पहिरो हटाउन प्रयोग गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल