Alliancekhabar

आइतबार, आश्विन १३, २०८१

सुलीकोट, असोज १३ गते : उत्तरी गोरखाको लापुबेंसीबाट काठमाडौँको लागि छुटेको बस सम्पर्कविहीन भएको छ । शुक्रवार बिहान गोरखाको लापुबेंसीबाट काठमाडौँको लागि छुटेको ना ४ ख २२७० नम्बरको बस राती १० बजेसम्म धादिङको खानीखोलासम्म सम्पर्कमा आएको त्यसपछि अहिलेसम्म पनि सम्पर्कमा नआएको गोरखा दरौंदी यातायात कम्पनीका अध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रवार बिहान ७ बजे गोरखाबाट काठमाडौँका लागि ४ जना लिएर हिँडेको दुइसापटी बस सम्पर्कमा नआएपछि गोरखा दरौदी यातायात कम्पनीले एक सूचना जारी गर्दै कोही कसैको सम्पर्कमा नभएकाले कम्पनीले  आफ्नोतर्फ खोजी कार्य गरिरहेको र आजसम्म पनि केही पत्ता नलागेकाले खोजी कार्यमा लागिदिन सम्बन्धित निकायलाई सूचनामार्फत अपिल गरेको उहाँले बताउनुभयो ।

सम्पर्कविहीन भएका बसमा साहु तथा बस चालक मदन परियार, सहचालक विनायक भट्टराई र दुई जना नाम नखुलेका यात्रु लिएर लापुबेंसीबाट काठमाडौँ जाँदै गर्दा बिच बाटोसम्म टिकट नकाटी बसमा यात्रा गर्नेहरू कति जनाले यात्रा गरेका थिए भन्ने अझै जानकारीमा नआएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शुक्रवारदेखि सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालय गोरखाले धादिङ जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठको भनाइ छ ।

बस धादिङको झ्याप्ले खोलामा पुरिएको हुन सक्ने आशङ्का गरिएको गोरखा दरौंदी कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल