Alliancekhabar

बुधबार, आश्विन ०२, २०८१

वालिङ, असोज २ गते : स्याङ्जाको वालिङमा रहेको इलाका प्रशासन कार्यालयले राहदानीका लागि फाराम भर्ने प्रक्रिया कार्यालयभित्रबाटै सहज रूपमा गर्न सकिने व्यवस्था गरेको छ । सेवाग्राहीले राहदानीको फाराम कार्यालयभित्रबाट भर्न पाउने छन् भने फोटोकपी, इमेललगायतका सुविधा कर्मचारीको सहयोगमा लिन पाउने छन् । निःशुल्क सेवा लिन पाएपछि वालिङ, गल्याङ, चापाकोट, भिरकोट, हरिनासलगायत सेवा क्षेत्रका सेवाग्राहीलाई प्रत्यक्ष फाइदा पुगेको छ ।

राहदानीका लागि सेवाग्राहीले भरिने आवेदन फारामका लागि कार्यालय वरपरका व्यवसायीले छ सयदेखि आठ सय रुपियाँसम्म असुल्दै आइरहेका थिए । फाराम भर्ने क्रममा व्यवसायीले मनपरी शुल्क लिँदा नागरिक ठगिएको गुनासो आएपछि कार्यालयभित्रबाटै निःशुल्क भर्ने व्यवस्था मिलाइएको इलाका प्रशासन कार्यालयका प्रमुख सुभास पौडेलले बताउनुभयो ।

राहदानीको फाराम भर्दा एकातिर झन्झट र अर्कातिर अनावश्यक पैसा खर्च भइरहेको भन्दै प्रशासनले सहज व्यवस्था मिलाएको हो । कार्यालयमा कामको अत्यधिक चाप र कर्मचारीको अभावका बाबजुद भएका कर्मचारीको सामूहिक प्रतिबद्धताले राम्रो कामको सुरुवात गर्न सकिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । इलाका प्रशासनमा दैनिक ३० देखि ४० जनासम्म राहदानीका लागि आउने गरेका प्रमुख पौडेलको भनाइ छ ।

उहाँले भन्नुभयो, “फाराम पनि कर्मचारीले नै भरिदिए आवश्यक पर्ने कागजातको फोटोकपी पनि भित्रैबाट निःशुल्क गर्न पाएँ,” निकै सजिलो भयो ।” कर्मचारीको अभाव र सेवाग्राहीको चापका बाबजुद पनि नयाँ काम सुरु गरेको कार्यालयका सूचना अधिकारी बुद्धिराम बुढाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल