Alliancekhabar

आइतबार, भाद्र ३०, २०८१

कावासोती, भादौ ३० गते : थारु समुदायका महिलाहरुको ‘झाम्टा’ गीत गाउने प्रचलन नवलपुरमा हराउँदै जान थालेको छ । केही वर्ष अघिसम्म गाउँमा प्रत्येक घरमा ‘झाम्टा’ गीत गाउँदै नाँच्दै जितिया मनाउने प्रचलन रहेको भएपनि पछिल्लो समयमा ‘झाम्टा’ नाँच हराउँदै जान थालेपछि थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

थारु समुदायका महिलाले परम्परागत रुपमा गाउँघरमा ‘झाम्टा’ गीत गाउँदै नाच्दै गर्दा अन्य समुदायका मानिसले माग्न आएको भन्ने होच्चाउने गर्न थालेपछि संस्कृति संरक्षण गर्न हिजोआज प्रतियोगिता आयोजना गर्न लागिएको थारु कल्याणकारी समितिका केन्द्रिय सदस्य विरेन्द्र चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पूर्वी नवलपरासीको तराई क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ । सन्तानको दीर्घायुको लागि महिला व्रत बस्ने दिनका रुपमा चिनिने पर्व हो, जितिया । पहिले पहिले जितिया पर्वको रौनक एक दुई हप्ता अगाडिदेखि नै हुन्थ्यो। तर अहिले पहिले जस्तो छैन् । त्यसकारण जिल्लामा झाम्टा गीत प्रतियोगिता आयोजना गरेका हौँ ।”

थारु समुदायका महिलाहरुले जितिया पर्वका अवसरमा प्रत्येक घर घरमा गएर गाँउने नाँच्ने झाम्टा गीत र नाँचको संरक्षणमा नगर स्तरीय रुपमा कावासोतीमा समूह दर्ता गरि आयोजना गरिएको थारु कल्याण समिति कावासोतीका सभापति विकन कुमारी महतोले बताउनुभयो । कावासोती १० मगरकोटमा आयोजना गरिएको प्रतियोगितामा नगरका ४५ समूहको सहभागीता रहेको थियो । विजेता समूहले क्रमश पहिलो हुनेले १७ हजार, दोस्रोले १३ हजार ,तेस्रोले ९ हजार र सान्त्वना २ समुहलाई ४÷४ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

थारु समुदायको बाक्लो बसोबास रहेको जिल्लाको मध्यविन्दु, कावासोती, देवचुली नगरपालिकामा जितियाको विशेष उल्लासका साथ मनाउने गरिएको छ। यो पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने विश्वास लिइएको छ । जितिया पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन नेपालको मध्यभागमा रहेको नवलपुर तथा तराइका जिल्लामा थारु महिलाले मनाउने गर्दछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल