Alliancekhabar

शनिबार, भाद्र २९, २०८१

काठमाडौँ, भदौ २९ गते : चक्रपथअन्तर्गत कलङ्की—वसुन्धरासम्मको सडक बिस्तार सुरु गर्ने भनिएको लामो समय भइसक्यो । पूर्व तयारीका लागि सडकमा पर्ने रुख कटानदेखि अन्य केही काम सुरु भए पनि सडक बिस्तारको काम सुरु हुन सकेको थिएन ।

यही भदौ ६ गते नेपाल र चीन सरकारका प्रतिनिधिहरुबीच सडक बिस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा हस्ताक्षर भएपछि दोस्रो खण्डको निर्माण प्रक्रिया सुरु भएको छ । ८।२ किलोमिटरको दोस्रो खण्ड बिस्तारेको काम २०७५ सालमै सुरु हुनुपर्ने थियो । तर नेपाल सरकार स्वयं र चीन सरकारले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन । २०६९ सालमा कोटेश्वर कलङ्की पहिलो खण्डको काम सुरु भई २०७५ सालमै सकिएको थियो ।

पहिलो बिस्तारको काम सकिए लगत्तै दोस्रो खण्डको सडक बिस्तार सुरु हुनुपर्ने थियो । थर विभिन्न कारणवश अहिलेसम्म पनि सुरु हुन सकेको थिएन । जबकि चीनसँग सन् २०१८ मा यो सडक खण्ड बिस्तारका लागि जिटुजी सम्झौता भएको थियो । चीन सरकारले पूर्व तयारीका काम नटुङ्ग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो । यसैबिच कोरोना महामारी लगायतका कारण काम अघि बढेको थिएन । पूर्वतयारी स्वरुप नेपालले २०७५ मै रुख कटान लगायतका केही काम अघि बढाएको थियो । तर त्यसपछि दुई देशबिच सहमति बन्न नसक्दा आम नागरिकले भने दुःख र सास्ती व्यहोर्नुपर्यो । र अहिले पनि जारी छ । सडक बिस्तारको रूपमा अघि बढाइएको कामले गति लिन नसक्दा धुवाँ, धुलो, हिलो र खाल्डाखुल्डीहरू अहिले पनि प्रशस्त देखिन्छन् ।

बालुवा, गिटी, थुपारिएको अव्यवस्थित स्वरूप पनि देखिन्छ । जस कारण सो क्षेत्रको व्यापार व्यवसाय मात्रै चौपट्ट बनेको छैन, व्यवसाय नै छोड्नुपरेको गुनासो व्यवसायीहरूको छ । यसबिचमा स्थानीय नागरिक र सम्बन्धित जनप्रतिनिधिहरूले सडक बिस्तारको कामलाई तीव्रता दिन आन्दोलनसमेत गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल