Alliancekhabar

मंगलबार, भाद्र २५, २०८१

तनहुँ, भदौ २४ गते : तनहुँको सदरमुकाम दमौली र यस आसपासमा मङ्गलबारदेखि छ दिनसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ । मुग्लिङ पोखरा पृथ्वी राजमार्ग सडक विस्तारको क्रममा दमौली बजार सडक किनारमा पोल गाड्ने कार्य भइरहेकोले दैनिक सात घण्टा अवरुद्ध हुने तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो ।

उक्त पोलमा नयाँ लाइन विस्तार गरी पुरानो संरचनाहरू हटाउने कार्यका लागि भदौ २५ गतेदेखि ३० गते सम्म दमौली फिडरबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा अवरुद्ध हुने उहाँले जानकारी दिनुभयो । रेग्मीका अनुसार व्यास नगरपालिकाको वडा नं १,२,३,४ दमौली बजार र वडा नं ५ को चापघाट, पाटन, मानुङ्गकोटमा आवश्यकता अनुसार विहान १० बजे देखि साँझ ५ बजे सम्म विद्युत् आपूर्ति बन्द हुनेछ । उपभोक्तालाई समस्या नपरोस् भनेर पाँच दिन भन्दा अघि नै सम्पन्न गर्ने गरी काम गरिने केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल