बारा, भदौ २५ गते । घरमा सुती रहेका बालकलाई विषालु सर्पले टोक्दा उहाँको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका–१० बस्ने शिवचन्द्र लोहारको ११ वर्षीय छोरा राकेश शर्मा रहेका छन् ।
गाई गोरु खाने भुष राखेको घरमा सुती रहेको अवस्थामा सोमबार करिब ३ बजे गोमन सर्पले टोकेर घाइते भएको बच्चालाई अस्पताल पुर्याउन ढिलो गरेपछि राकेशको मृत्यु भएको प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेम कुमार पडितले बताउनुभयो ।