Alliancekhabar

मंगलबार, भाद्र १८, २०८१

तानसेन, भदौ १८ गते : पाल्पामा आत्महत्याका घटनामा वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा गत आव २०८०-०८१ मा आत्महत्या गर्ने बढेका हुन्।

घरायासी समस्या, आवेग, डिप्रेसन, दीर्घरोग, प्रेममा वियोग लगायतका कारणले आत्महत्या बढेको प्रहरीले जनाएको छ । अघिल्लो आव २०७९-०८० मा जिल्लाभर ६७ जनाले आत्महत्या गरेकामा गत आव २०८०-०८१ मा ८८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अघिल्लो आवको तुलनामा २१ जना बढीले आत्महत्या गरेको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । तुलनात्मक रुपमा ४० वर्ष माथिका मानिसले बढी आत्महत्या गर्ने गरेको उहाँले बताउनुभयो ।

गत आवमा ४० वर्षभन्दा माथिका ४८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । जबकी अघिल्लो आवमा यो उमेर समूहका ४० जनाले मात्र आत्महत्या गरेका थिए। ४० वर्षभन्दामाथि आत्महत्या गर्ने मानिस दीर्घरोगी, पारिवारिक समस्यामा रहेका, डिप्रेसनका औषधी सेवन गरेका रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय गरिवीका कारण पारिवारिक समस्यामा परेका मानिसले पनि आत्महत्याको बाटो रोजेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने अवस्था आउँदा आत्महत्या गरेको अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो ।

यस्तै पछिल्लो समय आत्महत्या गर्ने किशोर–किशोरी पनि बढेका छ । गत आव २०८०-०८१ मा सात जना बालबालिकासहित किशोर–किशोरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यो सङ्ख्या अघिल्लो आवको तुलनामा चारले बढी हो ।

मानिस विभिन्न समस्यामा पर्दा समयमै उचित परामर्शको अभावमा पनि आत्महत्या बढेको छ । समस्यामा परेको बेलामा उचित सल्लाह र साथ नपाएपछि आत्महत्या गर्ने गरेको प्रहरीको दावी छ । एक्लै बस्ने प्रचलन, एकको पीरमर्का अर्कालाई नभन्ने प्रवृत्ति बढेकाले पनि आत्महत्याको दर बढेको प्रहरीले जनाएको छ ।

न्यूनीकरण अभियान प्रभावहीन

आत्महत्या न्युनीकरण गर्न प्रहरी र केही सङ्घसंस्थाले अभियान चलाएका छन् । प्रहरीले मातहतका सबै निकायलाई आत्महत्या न्युनीकरणका अभियान निरन्तर चलाउन निर्देशन गरेको छ । तर उक्त अभियानले खासै प्रभावकारी हुन सकेको छैन । आत्महत्या गर्न सक्ने मानिसको पहुँचसम्म अभियान पुग्न नसकेको सरोकारवाला निकायले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल