काठमाडौँ, भदौ १७ गते।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका केही भागहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ ।
सोमबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहिरहने अनुमान गरिएको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थानमा र अन्य प्रदेशका थोरै ठाउँहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षा पनि हुन सक्छ ।