Alliancekhabar

शुक्रबार, भाद्र १४, २०८१

म्याग्दी, भदौ १४ गते : बेनी नगरपालिका-९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यामा संलग्न आरोपीहरु पक्राउ परेका छन् । मिनाको आफन्तले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको किटानी जाहेरीका आधारमा हत्या घटनामा संलग्न भएका सबै आरोपीहरुलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले हत्या घटनामा संलग्न भई फरार भएका बेनी नगरपालिका ९ तोरीपानीका २३ वर्षीय श्याम खत्रीलाई पोखरामा पक्राउ गरेर बिहिबार म्याग्दी जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजन रायमाझी बताउनुभयो ।

सो घटनामा संलग्न चार जना यसअघि नै पक्राउ परेका र फरार रहेका श्यामलाई म्याग्दीबाट खटिएको प्रहरीको टोलीले कास्की प्रहरीको सहयोगमा बुधबार पोखरामा पक्राउ गरेर ल्याइएको उहाँले जानकारी दिनुभयो ।

२०८० पुस १६ गते रातीदेखि बेपत्ता मिनाको २०८१ साउत २७ गते बेनी नगरपालिका ९ र १० को सीमानामा पर्ने कालिमुलको जङ्गलमा सडेगलेको अवस्थामा शव फेला परेको थियो । फेला परेको शव मिनाकै भएको आफन्तले बताएका छन् ।

व्यक्ति बेपत्ता बनाएको कसुरमा २०८० माघ २३ गते पक्राउ परेका तोरीपानीका २५ वर्षीय राम खत्रीलाई म्याग्दी जिल्ला अदालतको २०८० फागुन १७ को थुनछेक आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

पाँच महिनाको गर्भ पतन गराउने विषयमा मिना र रामकोबिच फेसबुक म्यासेन्जरमा भएको कुराकानीको आधारमा किटानी जाहेरी दर्ता भएको दिन रामलाई प्रहरीले पक्राउ गरेको थियो ।

गाडिएको अवस्थामा भेटिएको शव र सँगैका गहना तथा कपडालाई मिनाको भएको सनाखत गरेर परिवारले गत साउन ३० गते राम सहित उनकी आमा ४५ वर्षीय रेणु खत्री,दाई विक्की खत्री,भाई श्याम खत्री र सालो नाता पर्ने २३ वर्षीय रोजन खत्रीलाई प्रतिवादी बनाएर जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए ।

फरक–फरक मितिमा पक्राउ परेका रेणु,विक्की र रोजनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो ।

पहिलो व्यक्ति वेपत्ता बनाएको कसुरमा मुद्दा चलाएपनि भेटिएको शवको सनाखत गरेर परिवारले किटानी जाहेरी दिएपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको सूचना अधिकारी रायमाझीले बताउनुभयो ।

मिनासँगको प्रेम सम्बन्ध स्विकार गरेका मुख्य आरोपी रामले प्रहरी,सरकारी वकिल कार्यालय र अदालतमा भने बेपत्ता बनाएको र हत्या गरेको घटनामा इन्कारी बयान दिएको प्रहरीको भनाई छ । शव परीक्षण, विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन,शवसँगै भेटिएको सामग्री, म्यासेन्जर कुराकानी लगायतका तथ्य प्रमाणलाई आधार मानेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी रायमाझीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेटिएको शव महिलाको भएको,धारिलो हतियार प्रयोग गरेर हत्या भएको र पेटमा भ्रुण समेत रहेको पुष्टि भएको छ । घटनाको थप अनुसन्धानका गर्नका लागि प्रहरीले डिनए परिक्षणका लागि विधी विज्ञान प्रयोगशालामा पठाएको छ ।

मिना परियारको हत्या घटनाको सत्य, तथ्य अनुसन्धान, कारबाही र पीडितलाई न्याय दिलाउन दवाव दिन बेनीमा पछिल्लो १५ दिनयता दैनिकजसो धर्ना र प्रदर्शन भइरहेको छ ।

संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा बेनी बजारमा बिहिबार गरिएको दबाब कार्यक्रममा दलित अधिकारकर्मी र राजनीतिक दलका नेताहरुले मिनाको हत्या गर्नेलाई कडा कारबाहीको माग गरेका छन् । पीडितले न्याय नपाएसम्म दबाबमुलक आन्दोलनका कार्यक्रमहरु जारी राख्ने उनीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल