Alliancekhabar

बिहिबार, भाद्र १३, २०८१

देउखुरी, भदौ १३ गते : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्याङ्कको आधारमा मूल्याङ्कन गरिने बताउनुभएको छ । प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्याङ्कको आधारमा वस्तुगत मूल्याङ्कन गरेर अघि बढ्नुपर्ने, तथ्याङ्कलाई मूल्याङ्कनको आधार बनाउँदा वास्तविकता पत्ता लगाउन सकिने उहाँको भनाइ छ ।

प्रदेश योजना आयोगको आयोजनामा बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भएको लुम्बिनी डाटा पोर्टल सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आर्थिक, सामाजिक, भौतिकलगायत सबै क्षेत्रका तथ्याङ्कलाई यथार्थपरक बनाउनुपर्ने बताउनुभयो । “डाटा पोर्टल बन्नु महत्वपूर्ण उपलब्धि हो । यसलाई सबै निकायले प्रयोग गर्न मिल्ने बनाउनु पर्छ,” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “हरेक कामको मूल्याङ्कन तथ्याङ्कको आधारमा गर्नु पर्छ । यसमा सबैले ध्यान दिनुपर्ने छ ।”

मुख्यमन्त्री आचार्यले डाटा पोर्टलको उद्घाटन गर्नुभएको छ । लुम्बिनी प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौतिक, पूर्वाधारलगायत सबै विषय र पक्षका तथ्याङ्कलाई एकीकृत गरेर एकै ठाउँमा तथ्याङ्क राखिएको छ । विगतमा तथ्याङ्क खोज्न र प्रयोग गर्न समस्या थियो तर अबदेखि प्रदेशसँग सम्बन्धित सबै तथ्याङ्क डाटा पोर्टलमा राखिएको र त्यहाँ रहेका तथ्याङ्क प्रयोग गर्न सकिने अवस्था रहेको प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवरले बताउनुभयो ।

लुम्बिनी प्रदेशको समष्टिगत स्थिति समेटिएको छ । एकीकृत रूपमा विवरण राखिएकाले यसको उपयोगिता बढेर गएको भनाइ सचिव कुँवरको छ । यो पोर्टलमा प्रदेश सरकारका विषयगत मन्त्रालयले तयार पारेका आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, भौतिक पूर्वाधार, सहरी विकास, वन तथा वातावरणलगायत सबै क्षेत्रका तथ्याङ्कलाई एकीकृत गरिएको छ । यसका साथै स्वतन्त्र अनुसन्धानकर्तालेतयार पारेका तथ्याङ्कलाई समेत समेटिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल