काठमाडौं, भदौ ११ गते ।
नेपाली कांग्रेसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालेश्रीकृष्ण जन्माष्टमी र गौरा पर्व नेपाली समाजमा भावनात्मक एकता र सांस्कृतिक सहअस्तित्वको प्रतीक भएको बताउनुभयो।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, र बहुधार्मिक विविधतायुक्त विशेषताले भरिपूर्ण देश भएको र यहाँ विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज, र चाडपर्वहरू भएको र यी चाडपर्वहरू साथसाथै श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व पनि नेपाली समाजका महत्त्वपूर्ण पर्वहरू भएको ,उहाँले बताउनुभयो।
उहाँले ,सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सहअस्तित्वका धरोहर भएको उल्लेख गर्दै यी पर्वहरूले समाजलाई भावनात्मक एकताको सुत्रमा बाँध्ने, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्ने, तथा सत्कर्म र मानव कल्याणमा लाग्न प्रेरित गर्दै आएको कुरा बताउनुभयो।
भगवान श्रीकृष्णको जन्मदिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी तथा विशेषगरी सुदूरपश्चिममा मनाइने गौरा पर्वको अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई नेपाली कांग्रेस पार्टीको तर्फबाट र आफ्नो तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि, एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभयो।