alliance khabar

आइतबार, भाद्र ०९, २०८१

बनेपा, भदौ ९ गते ।

अविरल वर्षासँगै आएको पहिरोका कारण आइतबार बिहानदेखि अवरुद्ध रहेको अरनिको राजमार्ग र जिरोकिलो मेलम्ची सडक खण्ड सुचारु भएको छ । वर्षासँगै आएको पहिरोको कारण अवरुद्ध रहेका दुवै सडकमा आएको पहिरो र रुख हटाइएसँगै सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

अरनिको राजमार्ग अन्तर्गत जिल्लाको भुम्लु गाउँपालिका ८ बन्देउ डाँडा स्थित अरनिको राजमार्गमा माथिबाट आएको सुख्खा पहिरोसहित रुख ढली बाटो अवरोध भएकोमा स्थानीय पालिका, प्रहरी र सडक विभागको समन्वयमा बिहान ८ बजेदेखि सडक दुईतर्फी नै सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यस्तै पहिरोसँगै आएको रुखका कारण अवरुद्ध भएको जिरोकिलो मेलम्ची सडक खण्डसमेत स्थानीय तह, प्रहरी, सडक विभाग र स्थानीयबासीको सहयोगमा बिहान ८ बजेदेखि एकतर्फी रूपमा खुलाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल