alliance khabar

शनिबार, पुष ०५, २०८२

ललितपुर, पुस ५ गते।

 सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका भइरहेको बताउनुभएको छ।  द स्टार्टअप नेटवर्क नेपाल र इन्डिया नेपाल सेन्टरको संयुक्त आयोजनामा आज ललितपुरमा भएको ‘स्टार्टअप समिट २०२५’ मा उहाँले सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित गरेको जानकारी गराउँदै डिजिटल नेपालको नीतिगत व्यवस्थाका लागि तयारी भइरहेको जानकारी दिलनुभयो।

मन्त्री खरेलले भन्नुभयो,“सूचना प्रविधिको विकासका साथै डिजिटल नेपाल निर्माणका लागि युवा पुस्तासँगै अगाडि बढ्नुपर्छ। नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसँग मिलेर काम गर्न चाहानुहुन्छ भने प्रस्ताव लिएर आउनुस्, सहकार्यमा काम गरौँ, अवसरको सिर्जना गर्न हामी तत्पर छौँ।”

मन्त्री खरेलले सूचना प्रविधि, एआई र डिजिटल मार्गमा अगाडि बढ्न युवाको आवश्यकता नीतिगत रूपमै समेट्ने व्यवस्था गरिने धारणा राख्नुभयो। “राज्यले जेनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा स्वीकार गरिसकेको छ। देशका जेनजेमा पनि राजनीतिक चेतना धेरै विकास भइसकेको छ, तसर्थ हामी परिवर्तन गर्न सक्छौँ। युवाको चाहनालाई नीतिगत रूपमै सम्बोधन गर्दै अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो।

मन्त्री खरेलले फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न उचित भए पनि आमसहमति नबन्दा यसपटक त्यो सम्भव हुन नसकेको बताउनुभयो। आगामी निर्वाचन सही नेतृत्व चयन गर्ने उपयुक्त अवसर भएकाले राम्रो नेतालाई सदनमा पठाउन उहाँको आग्रह थियो।

नेपालका लागि भारतीय पूर्वराजदूत एवम् इन्डिया नेपाल सेन्टरका अध्यक्ष मञ्जीवसिंह पुरीले प्रविधिले संसारलाई परिवर्तन गरिरहेको बताउँदै परिवर्तित समय अनुकूल काम गर्नका लागि युवा दिमागलाई सही सदुपयोग गर्नुपर्ने बताउनुभयो।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्टार्टअप मात्रै नभएर साना व्यवसाय पनि भविष्यको बलियो आर्थिक हिस्सा बनिरहेको बताउनुभयो। उहाँले स–साना व्यवसाय र स्टार्टअपले देशमा रोजगारी सिर्जना गर्दै सार्वजनिक अर्थतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल