alliance khabar

बिहिबार, कार्तिक २०, २०८२

काठमाडौँ, कात्तिक २० गते ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) मा फर्कन लागेको जानकारी दिनुभएको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता र घनश्याम भुसालले पार्टी पुनर्गठन गर्न लागेको बताउँदै आफूहरू दुवैतिर नलागी आफ्नै पुरानो घर फर्कन लागेको जानकारी दिनुभयो । आफूहरू एमाले प्रवेश गर्न लागेको नभई आफ्नो घर फर्कन लागेको उहाँको भनाइ थियो । “हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा (एमाले) मा प्रवेश होइन कि घर फर्कने अभियानमा जुटेका छौँ,” उहाँले भन्नुभयो ।

एमालेमा आफूहरू कुनै पदको आस गरेर जान नलागेको उहाँले स्पष्ट पार्नुभयो । “हामी घर फर्कने क्रममा एमालेसँग वार्ता संवादमा छौँ, देशभरिका नेता कार्यकर्तालाई पनि एमालेमा फर्कन आह्वान गर्न चाहन्छौँ, कुनै पद वा ससर्त घर फर्कने हाम्रो कार्यक्रम छैन, हामी निःसर्त फर्कन्छौँ, हामीलाई केही चाहिएको छैन हाम्रो मूल घरमा, हाँसेर बोलिदिए, सम्मान गरिदिए पुग्छ,” उहाँले भन्नुभयो ।

नेतृ रामकुमारी झाँक्रीले आजबाट सो पार्टीसँगको यात्रा टुङ्गिएको बताउनुभयो । उहाँले एमाले फुटेर एकीकृत समाजवादी बनाउँदा आफूले बिचमै यात्रा टुङ्ग्याउन नसकेको भन्दै आज त्यो अवसर आएकामा खुसीसमेत व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल